कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा उम्मेदवार विजयी

डिसी नेपाल
२४ फागुन २०८२ १६:०९
80
Shares

सुदूरपश्चिम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे।

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गर्नुभएको जानकारी दिए।

आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित हुनुभएको छ। शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरिएको थियो।

क्षेत्र नं १ मा रास्पपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी हुएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.