नेपालमा तेल आपूर्ति सहज हुने संकेत

डिसी नेपाल
२७ फागुन २०८२ १०:४८
688
Shares

काठमाडौं । नेपालमा तेल आपुर्ति सहज हुने संकेत देखिएको छ । नेपालमा तेल आपूर्ति गर्ने देश भारतले अब रूसी तेल किन्न पाउने भएको छ । इरान युद्धका कारण खाडी देशबाट तेल आफूर्ति अवरुद्ध भएको बेला अमेरिकाले भारतलाई रूसी तेल किन्न अनुमति दिएको हो ।

ह्वाइट हाउसले भनेको छ – ‘इरानसँगको जारी द्वन्द्वको बीचमा ऊर्जा आपूर्ति कायम राख्न अमेरिकाले भारतलाई समुद्रमा पहिले नै रहेको रूसी तेल स्वीकार गर्न अस्थायी रूपमा अनुमति दिएको छ।’

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनको क्रममा यो जानकारी दिएकी हुन्।

उनले भनिन् – ‘राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी कोष सचिव स्कट बेसेन्ट र राष्ट्रिय सुरक्षा टोलीले यो निर्णय लिए किनभने भारतमा हाम्रा सहयोगीहरूले जिम्मेवार मनोवृत्ति देखाएका छन् र पहिले प्रतिबन्धित रूसी तेल किन्न बन्द गरेका छन्।’

‘अब हामी इरान संकटका कारण विश्वव्यापी तेल आपूर्तिमा भएको अस्थायी खाडललाई पूरा गर्ने प्रयास गरिरहेका छौं, हामीले उनीहरूलाई अस्थायी रूपमा रूसी तेल किन्न अनुमति दिएका छौं,’ लेभिटले भनिन् ।

उनले यो पनि भनिन् – यो रूसी तेल पहिले नै समुद्रमा थियो, जहाजहरूमा लोड गरिएको थियो र बाटोमा थियो। त्यसैले, यो केवल एक अस्थायी व्यवस्था हो र हामीलाई विश्वास छ कि यसले रूसी सरकारलाई महत्त्वपूर्ण आर्थिक लाभ प्रदान गर्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.