इरानले युद्ध अन्त्य गर्न कस्ता सर्तहरू राख्यो ?

डिसी नेपाल
२८ फागुन २०८२ १२:५७
2.9k
Shares

काठमाडौं । अमेरिका र इजरायलबीच जारी युद्धको बीचमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्य गर्न एक सर्त राखेका छन्।

राष्ट्रपति पेजेश्कियानले रुस र पाकिस्तानका नेताहरूसँगको वार्तामा उनले यस क्षेत्रमा शान्तिप्रति इरानको प्रतिबद्धता दोहोर्‍याएको बताएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा उनले लेखेका छन् , “इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।”

इरान, अमेरिका र इजरायलबीच जारी द्वन्द्वका कारण यस क्षेत्रमा तनाव बढेको बेला पेजेश्कियानको यो भनाइ आएको हो। यसैबीच, इरानले मंगलबार मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी र इजरायली आधारहरूलाई लक्षित गरिरहेको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.