नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

डिसी नेपाल
२८ फागुन २०८२ १३:३७
436
Shares

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धको बीचमा पनि भारतीय जहाजहरू हर्मुजको जलडमरूमबाट जान सक्नेछन्। इरानी सरकारले यसका लागि अनुमति दिएको छ।

भारतीय आफूर्ति श्रृंखला नरोकिने गरी इरानले दिएको अनुमतिले नेपाललाई पनि प्रत्यक्ष फाइदा हुनेछ । किनकि नेपालले ग्यास र पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्छ ।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै इरानले अनुमाति दिएको जानकारी दिएको छ। यद्यपि, रोयटर्सले इरानी स्रोतलाई उद्धृत गर्दै यस्तो कुनै छुट नदिइएको दाबी गरेको छ ।

प्रतिवेदनका अनुसार अमेरिका र इजरायलसँग सम्बद्ध नभएका जहाजहरूलाई यो बाटोबाट जान अनुमति दिइनेछ। त्यसैले भारतीय जहाजहरूलाई अहिलेको लागि सुरक्षित बाटो दिइएको छ। यसअघि इरानले होर्मुजको जलडमरूम पार गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएको थियो।

यसैबीच, इरानले बुधबार राति फारसी खाडीमा “सेफासी विष्णु” नामक अमेरिकी तेल ट्याङ्करमा आक्रमण गरेको छ। आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृतक भारतीय नागरिकको पहिचान अहिले सार्वजनिक गरिएको छैन।

समाचार एजेन्सी पीटीआईका अनुसार आक्रमणमा आत्मघाती डुङ्गा प्रयोग गरिएको थियो। मार्शल टापुको झण्डामुनि उडिरहेको जहाजमा सवार बाँकी २७ जनालाई सकुशल उद्धार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.