वैदेशिक रोजगार व्यवसायी संघमा प्रगतिशील समूहको उम्मेद्वारी घोषणा
काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रगतिशील समूहले पनि उम्मेद्वारी घोषणा गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको हो।
संघको अध्यक्षमा सरोजकुमार पोखरेल, प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रगतिशील समूहले आज शनिबार औपचारिक कार्यक्रम गरी उम्मेद्वारी घोषणा गर्ने भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment