वसन्त ऋतुका फूलहरूले चीनका पार्क भरिभराउ
एजेन्सी। पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ।
वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो।
वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन्।
पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन्।
सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ।
यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन्।(सीसीटीभीप्लस)











डिसी नेपाल







Facebook Comment