दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छः मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याएका छन्।
एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको आज बुटवलमा सम्पन्न बैठकमा उहाँले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए।
नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्याङ्कन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राखे। उनले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताए।
बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राखेका थिए।







डिसी नेपाल







Facebook Comment