कान्तिपुरको सम्पादक बन्ने रविन्द्र मिश्रको रहर

डिसी नेपाल
१ चैत २०८२ ११:२४
236
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको बरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिएर बलीय राजनीतिबाट केही समयका लागि अलग्गिएको घोषणा गरेका रविन्द्र मिश्रले कान्तिपुर दैनिकको सम्पादक बन्न रहर देखाएका छन् । साथमा उनले आफूले बोक्दै आएको राजतन्त्रको एजेण्डाका कारण आफूलाई पश्चगामी भनेर पराजित गरिने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

कान्तिपुरका प्रधान सम्पादकको रुपमा काम गरिरहेका उमेश चौहानले केही दिनअघि राजीनामा दिएपछि कान्तिपुरले यो पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नेगरी दरखास्त मागेका बेला मिश्रको यस्तो भनाइ आएको हो ।

मिश्रले सामाजित संजालमा लेखेका छन् ‘कान्तिपुरले खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक चयन गर्न लागेको रहेछ। साह्रै राम्रो। अब देश बनाउन योगदान गर्न पाइएन। प्रधान सम्पादकका लागि आवेदन दिनु पर्यो कि जस्तो ला’इराछ।
योग्यता त सबै पुग्छ नै होला। तर त्यहाँ पनि फेरि ‘पश्चगामी’ भनेर पराजित गरिदिने हुन् कि भन्ने डर छ!’

मिश्र राजनीतिमा आउनुभन्दा पहिले पत्रकार थिए । बीबीसी नेपाली सेवाको प्रमुखको रूपमा काम गरिरहेका उनले सो पदबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । मिश्रले सुरुमा साझा पार्टीमार्फत नेपालमा राजनीति गर्न सुरु गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *