बाजुरामा हावाहुरी र असिना पानी, गहुँबालीमा क्षती
बाजुरा। बाजुरामा हावाहुरीसंगै असिना पानी परेको छ। यहाँका नौं वटै स्थानीय तहमा असिना पानी परेको हो। आइतबार विहानबाटै मौसममा बदलिए आएसंगै चिसो समेत बढेको छ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौं, आलु, प्याज र टमाटर लगायतको तरकारी बालीमा असर परेको हो। यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्याएपछि किसान चिन्तित बनेका छन्।
बाजुराको तल्लो भेग त्रिबेणी, खप्तड छेडेदह, गौमुल र बडीमालिकामा असिना पानीले असर पारेको हो। असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षती भएको बडिमालिका ७ का स्थानीय मोती पाध्यायले बताए।
बाजुरामा बर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनको भनाई छ। असिना पानीले गहुँबालीमा क्षती गरेपनि भर्खरै लगाएका फलफुलका विरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment