यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

डिसी नेपाल
१ चैत २०८२ २०:३१
644
Shares

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

खस आर्यबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी पुरुषबाट नाम पठाइएको प्रवक्ता देवराज चालिसेले बताए।

यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको नाम सिफारिस गरिएको छ। खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको उनले बताए।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम सिफारिस गरिएको छ।

यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ। यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन्।

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ। मुस्लिम कोटामा शाहजान खातुन सिफारिस भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.