लोकतान्त्रिक योद्धा यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा रामेश्वरराय यादवको निधनप्रति दुःख व्यक्त गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसबाट निर्वाचित रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवका पितासमेत रहनुभएका यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। यादवको गएराति निधन भएको थियो।
स्व यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ। कांग्रेसले यादवको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ।
कांग्रेसले यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नाका साथै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।







डिसी नेपाल







Facebook Comment