क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ परेकी छन्। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा कञ्चनुर भीमदत्त नगरपालिका-१८ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ५१ वर्षीया गीता भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितबाट २७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment