२४ घण्टामा विपद्‌मा परी तीन जनाको मृत्यु

डिसी नेपाल
३ चैत २०८२ २१:४३
8
Shares

काठमाडौं। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो। चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो।

कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए। ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

नेपालमा पछिल्लो एक सातादेखि मौसम बदली भई हावाहुरी, चट्याङ र असिनापानी परिरहेको छ। मौसम विज्ञान विभागले यो क्रम अझै केही दिन जारी रहने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.