लागुऔषधसहित सात जना पक्राउ

डिसी नेपाल
४ चैत २०८२ ११:२१
56
Shares

झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्। भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर-६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो।

लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा सो घरबाट तीन जना पक्राउ परेका छन्। यसैगरी, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *