सांसदहरूको पद तथा गोपनीयताको सपथका लागि हल व्यवस्थापन कार्य अन्तिम चरणमा

डिसी नेपाल
८ चैत २०८२ १७:५१
52
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ।

नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिए।

बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा सत्तापक्ष र बायाँ पक्षमा प्रतिपक्षीलाई बस्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि कुर्सीदेखि माइकसम्मको व्यवस्थापन भइसकेको छ भने बत्ती जडानका साथै रंगरोगनको कार्य अन्तिम चरणमा पुगेको संघीय संसदकी सहसचिव मिश्रले सपथका साथै प्रतिनिधिसभाका प्रारम्भीक बैठकहरु समेत अस्थायी रुपमा बहुउद्देश्यीय हलबाटै सञ्चालन हुने उल्लेख गरे।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ यहि चैत्र १२ गतेका लागि तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *