मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल

डिसी नेपाल
८ चैत २०८२ १९:४९
48
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटले विजयको यस घडीमा उभ्याएको बताए।

पोखरेलले भने, ‘हामीले यो मुलुकलाई परिवर्तन गर्नुपर्छ, मुलुकलाई यथास्थितिमा राख्न सकिन्न। यो मुलुकको आवश्यकता हो, नागरिकहरूको चाहना र युवाहरूको भविष्य हो। त्यसैले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटका साथ हामीले गरेको मेहनत र परिश्रमले आज हामीलाई विजयको यस घडीमा उभ्याएको हो। यो सम्पूर्ण जनता र ओखलढुंगावासीहरूको विजय हो।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास बढ्दो रहेको उल्लेख गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टीको रूपमा उदाएको छ, जसले नेपाली जनताको भविष्य र मुलुकको दिशालाई सही मार्गमा डोहोर्याउन सक्छ र नयाँ भविष्य दिन सक्छ भन्ने विश्वास सिर्जना गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *