मौसम सम्बन्धी जानकारी लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा

डिसी नेपाल
९ चैत २०८२ १३:१४
24
Shares

काठमाडौं। कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन्।

विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन्।

उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए। उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमरविद्हरुको अवलोकन गर्ने उपकर विस्तार साथै सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्यमा बढी जोड दिएको बताए।

‘हामीले पूर्वअनुमान प्रणाली अझ विश्वसनीय वैज्ञानिक र प्रभावकारी बताउन जल, मौसम, जलवायु र हिउँको अवलोकन गर्ने उपकण विस्तार वा सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरी पूर्वाधार विस्तार तथा सत्यतथ्यमा बढी जोड दिरहेको छै,’ उनले भने।

विपत् व्यवस्थापन कृषि जलस्रोत व्यवस्थापन ऊर्जा उत्पादन पर्यटन, यातायात स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्र लगायतका अन्य क्षेत्रहरूमा यी सेवामा प्रत्यक्ष असर परी रहेको उनले बताए । जल तथा मौसम व्यवस्थाको आधुनीकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *