अवैध लागूऔषध सहित ३ जना पक्राउ
काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट नियन्त्रित लागूऔषध फेनरागन ३० एम्पुल, नोर्फिन ३० एम्पुल र डाइजेपाम ३० एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र लेखनाथ महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खडका रहेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भैरहवाबाट बेनी म्याग्दीतर्फ जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सप्तरी, राजविराज नगरपालिका ८ स्थित अवैध लागूऔषध गाँजा करिब ५० ग्राम र नियन्त्रित लागूऔषध नाइट्रोभेट १४ ट्याब्लेट सहित कंचनपुर नगरपालिका १० बस्ने नागेश्वर चौधरी समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स १० प १८१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment