हिंसामुक्त समाज निर्माणमा सबै पक्षको योगदान आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन्।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका साथै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताए। विभिन्न समयमा भएका राजनीतिक सङ्घर्षहरूको परिणामस्वरुप संरचनामा परिवर्तन आएको बताउँदै मन्त्री श्रेष्ठले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। सडक बालबालिकाको उद्धार तथा असहाय बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको बताउँदै उनले छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान सुरु गर्न सबैलाई आग्रह गरे।
मन्त्रालयकी सचिव राधिका अर्यालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने मन्त्रालयले समाजमा सकारात्मक परिवर्तनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा मन्त्री श्रेष्ठलाई बिदाइ गरिएको थियो।







डिसी नेपाल







Facebook Comment