पोलबाट खसेर चेपाङको मृत्यु

डिसी नेपाल
९ चैत २०८२ २२:०१
32
Shares

बागमती। बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर आज साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ।

हेटाँैडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने १८ वर्षीय भुवन चेपाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार नेटफिलिक्सको इन्टरनेट तार जोड्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका चेपाङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *