सौराहमा चैते धान रोपाइँमा व्यस्त किसान (फोटोफिचर)
चितवन। चितवनको सौराह क्षेत्रमा किसानहरू यतिबेला चैते धान रोपाइँमा व्यस्त देखिएका छन्।
अनुकूल मौसम र पर्याप्त पानीका कारण खेतबारीमा चहलपहल बढेको छ। किसानहरूले बिहानदेखि नै खेतमा खटिँदै परम्परागत शैलीमा धान रोपिरहेका छन्। चैते धान खेती विशेषगरी सिँचाइको सुविधा भएका क्षेत्रमा गरिने गरिन्छ। यसले किसानलाई वर्षमा दुई पटक धान उत्पादन गर्ने अवसर प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको छ।
तस्बिर: मछिन्द्र थपलिया, नेपाल न्यूज बैंक





No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment