प्रतिशोध र धरपकडले भलो गर्दैन : निलाम्बर आचार्य

डिसी नेपाल
१४ चैत २०८२ ७:२८
1.2k
Shares

काठमाडौं। संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले कसैको भलो नगर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले साह्रै नमिल्ले कुरा भइरहेको उल्लेख गरेका छन्। उनले भनेका छन्- ‘साह्रै नै नमिल्ने कुरा भैरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन।’

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो। पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *