अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक
काठमाडौं। नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए।
भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको उनको भनाइ छ।
ओलीलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment