ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतले जनाएको छ। लेखकलाई भने यसअघि नै महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा पुर्याइसकिएको छ ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment