ओली पक्राउको विरोधमा मुगुमा एमालेको प्रदर्शन
मुगु। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मुगुको सदरमुकाम गमगढीमा विरोध प्रदर्शन गरेको छ। शनिबार बिहान पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोधस्वरूप प्रदर्शन गरिएको हो।
एमाले मुगुका कार्यालय सचिव जयबहादुर नेपालीका अनुसार कार्की आयोगको प्रतिवेदन राजनीतिक प्रतिशोधका आधारमा तयार गरिएको आरोप लगाइएको छ। उनले अध्यक्ष ओलीलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको दाबी गर्दै वर्तमान सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको बताए।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा गमगढी बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको कदमको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।
एमालेले उक्त कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment