गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

डिसी नेपाल
१५ चैत २०८२ १६:३०
244
Shares

काठमाडौं। गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ।

आइतबार मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री सुदन गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गरे।

कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो। विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो।’

गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *