नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक
काठमाडौं। उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ।
फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आज नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो। संस्कृतिविद् प्रा डा वीणा पौडेलले उनको उपन्यासमाथि समीक्षा गरेका थिए।
उनका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन्। जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्तावेज गरेको उनको बुझाइ छ। दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गरे।
कार्कीको सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थाल्नुभएको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको बताए। लेख्दा लेख्दै मरिने हो कि ? जस्ता भावनाहरुले उहाँलाई त्यतिबेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताए। उनले भने, “मनमा अनेक विचलन आउँथे तर, उपन्यास लेखेरै छाडे ढिलै भए पनि।”
उपन्यास सार्वजनिक गरेपछि लेखक सोभित सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गरेका थिए।







डिसी नेपाल







Facebook Comment