कांग्रेस फेरि विभाजनको संघारमा
विशेष महाधिवेशनपछि दुई खेमामा विभाजित रहेको नेपाली कांग्रेस फेरि विभाजनको संघारमा पुगेको छ। पार्टी नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कांग्रेस फेरि विभाजनको संघारमा पुगेको हो।
पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अब खुला टकराबमा रूपान्तरित भएको छ, जसले कांग्रेसलाई कांग्रेस विभाजनको संघारमा पुगेको हो। विशेष महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गगन थापा पक्षले देउवा पक्षका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई कारवाही गर्ने तयारी थालेपछि कांग्रेस औपचारिक रुपमा विभाजनको संघारमा पुगेको हो।
पूर्वगृहमन्त्री लेखक पक्राउ प्रकरणलाई लिएर नेपाली कांग्रेसका दुवै समूहको धारणा फरक-फरक आएको छ। लेखक पक्राउ परेपछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएको छ।
लेखकलाई पक्राउ गरिएपछि कांग्रेसका तर्फबाट समानान्तर विज्ञप्ति आएका छन्। पार्टीको संस्थापनका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन्। लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउबारे दुई पक्षका फरक(फरक धारणा छन्।
खड्काको विज्ञप्तिमा लेखकको पक्राउको विरोधमा सशक्त आन्दोलन गर्ने उल्लेख छ। त्यसका लागि नेता कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिइएको छ।
विज्ञप्तिमा सरकारमाथि ‘जनताको भावनामाथि कुठाराघात’ गरेको आरोपसमेत लगाइएको छ। नेकपा एमाले अध्यक्ष र पूर्वगृहमन्त्री लेखक पक्राउको विरोधमा विज्ञप्ति निकाल्दै खड्काले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गरेका थिए।
भविष्यमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न तयार रहन पार्टी पंक्तिलाई अपिल गर्दै खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। आयोगको कार्यादेशबमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानविन गर्नुपर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ।’
विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियामाथि देउवा पक्षले सुरुदेखि नै प्रश्न उठाउँदै आएको छ। निर्वाचन आयोगसँगको ‘सेटिङ’मार्फत थापा समूहलाई मान्यता दिलाइएको आरोप लगाउँदै खड्काले यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जुन अहिले विचाराधीन छ।
देउवा पक्षले नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान लिँदै आएको छ। तर, थापा-विश्वप्रकाश समूहले उक्त निर्णयलाई बेवास्ता गर्दै आफ्नै पहलमा विशेष महाधिवेशन गरेर नेतृत्व कब्जा गरेको आरोप छ।
यता प्रवक्ता चालिसेले विज्ञप्तिमा लेखक पक्राउको सन्दर्भमा पार्टीको आन्तरिक समीक्षा र भविष्यको राजनीतिक रणनीतिको विषय उठाइएको छ। विज्ञप्तिमा चालिसेले ‘निर्णय प्रक्रियामा थप सचेत र जिम्मेवार’ बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
आगामी दिनमा निर्णय प्रक्रियामा सचेतता अपनाउनुपर्ने उल्लेख गरिएको छ। ओली र लेखक पक्राउमा पार्टीको धारणा सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले सरकार ‘सेलेक्टिभ’ (चयनमुखी) भएको टिप्पणी गर्दै भनेका छन्, ‘आयोगले सिफारिश गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सोबमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भाद्र २३ को एउटै घटना, एउटै छानविन प्रतिवेदन र एकै किसिमको सिफारिशमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको कांग्रेसको ठहर छ।’ तर, सरकारको ‘सेलेक्टिभ’ कदमविरुद्ध कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरिएको कांग्रेसले प्रष्टीकरण दिएको छ।
थापा नेतृत्वले अब कडा कदम चाल्ने संकेत दिएको छ। खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले यसलाई अनुशासन उल्लंघन मानेको छ। यसै सन्दर्भमा पार्टीले चैत १८ गते अनुशासन समितिको बैठक बोलाएको छ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ । नेतादेखि कार्यकर्ता सबैले क्रियाशील सदस्यता पुनः लिनुपर्ने विधि बनाएको छ ।
पछिल्लो प्रकरणले जनतामाझ कांग्रेस एक छैन भन्ने देखिने स्पष्ट छ। देउवा(डा।कोइराला समूहका नेताहरू भने सर्वोच्चले आधिकारिकताको विषयमा टुंगो नलाग्दासम्म समानान्तर गतिविधि भइरहने बताएका छन्।







डिसी नेपाल







Facebook Comment