कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

डिसी नेपाल
१६ चैत २०८२ १५:०४
100
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर उनले त्यहाँका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्।

रास्वपा सांसद यज्ञमणी न्यौपानेले सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।

प्रधानमन्त्रीले भेटमा तत्काल समाधान गर्नुपर्ने समस्या के हुन्? त्यसको समाधानको बाटो के छ? भनेर जिज्ञासा राखेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *