गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, बोली र व्यवहार सुधार्न निर्देशन

डिसी नेपाल
१६ चैत २०८२ १५:११
248
Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा निरीक्षण गरेका छन्।

निर्देशनालय र विभागहरूको अवलोकनपछि मन्त्री गुरुङले उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्नुपर्नेमा जोड दिए। उनले प्रहरीलाई समाजका लागि मोडल बनाउने लक्ष्य रहेको उल्लेख गरे।

गुरुङले भने, “प्रहरीको सेवा सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने कार्य हाम्रो प्राथमिकता हो। तपाईँहरूले काम गरेर देखाउनुपर्छ।”

साथै, प्रहरीका लागि आवश्यक कपडा उत्पादनका लागि गुणस्तरीय उद्योग स्थापना गर्नुपर्ने विषयमा पनि उनले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *