संसद्को बैठकअघि सर्वदलीय बैठक आह्वान

डिसी नेपाल
१७ चैत २०८२ १२:५९
2.8k
Shares

काठमाडौं। संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ।

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ः०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० बजे संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ः०० बजे हुँदैछ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने छ।
बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो दल बनेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।

श्रम संस्कृति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै पाँचौँ दल बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *