प्रधानमन्त्री शाह भन्छन्- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ

डिसी नेपाल
१७ चैत २०८२ १६:४०
68
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार सिंहदरबारस्थित सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन्।

‘विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने छौं,’ भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ५ का सांसद डा. आनन्द बहादुर चन्दले प्रधानमन्त्री शाहलाई उदृत गर्दै भने।

भेटमा अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताएका थिए।

आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन,खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद चन्दले जानकारी दिए।

‘प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ। गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो संचालनमा ल्याउन सकिन्छ? त्यो कुरा पनि आएको छ। यी दुई वटा कुराहरु महत्वपूर्ण रुपमा आएका छन्,’ उनले भने। त्यो सिंगो सुदूपश्चिमका लागि खुसीको कुरा भएको समेत उनको प्रतिक्रिया छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *