सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी- मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

डिसी नेपाल
१७ चैत २०८२ २०:३२
712
Shares

काठमाडौं। सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मंगलबार ६ जना सहसचिवको सरुवा गरेको छ।

यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौं बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन्।

मन्त्री रावलले भनिन्, ‘जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।’

मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मंगलबार कर्मचारी पठाएको छ।
अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

One thought on “सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी- मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

  1. Yee pahuch wala party ka jhole karmachari haru tatkal thulo vanda thulo karbai garnai parchha, bisesh garera sabai vanda dherai Yemale ka chhan, yeen ko jagir nai khosnu parchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *