अकृति श्रेष्ठलाई ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि
काठमाडौं। महिला फेसन डिजाइनरहरु प्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जितेकी छन् ।
उनले उपाधिसँगै २५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै अनिशा थापा ‘फस्ट रनर अप’ र युनिका राई ‘सेकेन्ड रनर अप’ भए । अर्की प्रतिष्पर्धी सम्झना केसी ‘मस्ट पपुलर’, विविका पौडेल आत्मविश्वासी र आकर्षक वाकका साथ ‘बेस्ट रनवे मोडल’ बने।
एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजना गरिएको यस वर्षको संस्करणमा विशेष रूपमा महिला फेसन डिजाइनर विशेष थियो । प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरहरूले सहभागिता जनाएका थिए ।
उनीहरुले महिला मोडलहरूका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको समिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकको मन जितेका थिए ।
यस वर्ष प्रस्तुत गरिएका धेरैजसो ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिन्थे । विश्वका प्रतिष्ठित अवार्ड समारोहहरूमा देखिने ग्ल्यामरस लुकलाई ध्यानमा राख्दै डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए ।
केही कलेक्सनहरूमा हलिउड तथा बलिउड सेलिब्रिटीहरूको रेड कार्पेट स्टाइल झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो । नेपालीपन झल्काउन केही डिजाइनहरूमा ढाका, ह्यान्डमेड फेब्रिक र परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले लोकल र ग्लोबल फेसनबीच सन्तुलन प्रस्तुत ग¥यो ।
फिनालेको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी झा थिए । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, क्रिएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए । कार्यक्रमको होस्ट तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए । आयोजका सदस्यहरुमा यादवबहादुर थापा, परमानन्द चौधरी र शैलेश नेपाली थिए ।







डिसी नेपाल







Facebook Comment