प्रि-मनसुनको महिनाः औसतभन्दा बढी वर्षा

डिसी नेपाल
१८ चैत २०८२ १६:५४
136
Shares

काठमाडौं । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ।

‘हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ। यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गर्दछ’, उनले भने, ‘फागुन १५ गतेदेखि जेठ १५ गतेसम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ । यस समयमा करिब २२६ मिलीमिटर वर्षा हुनुपर्नेमा मङ्गलबारसम्म ७७ दशमलव पाँच मिलीमिटर वर्षा भइसकेको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मौसम प्रणालीमा सामान्य बदली देखिएको छ । विभागले दिएको विवरणअनुसार मङ्गलबारको तुलनामा आज तापक्रममा वृद्धि भएको छ।

राजधानी काठमाडौंसहित उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्रीसेल्सियस पुगेको जनाउँदै महर्जनले सोही अवधिमा मङ्गलबार २२ डिग्रीसेल्सियस तपक्रम रहेको बताए।

मौसमविद् महर्जनका अनुसार बिहीबार (भोलि)सम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना छ। यसैबीच, विभागले मौसम परिवर्तनशील रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *