शिक्षण अस्पतालबाटै पूर्वप्रधानमन्त्री ओलीको बयान सुरु

डिसी नेपाल
१९ चैत २०८२ १५:०८
616
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा बयान सुरु गरिएको छ।

ओलीको स्वास्थ्य समस्याका कारण सरकारी वकिल र प्रहरीको संयुक्त टोलीले अस्पतालमै बयान लिन सुरु गरेको हो।

जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। ओली र लेखकको भिडियो कन्फ्रेन्समार्फत म्याद थपको तयारी भइरहेको छ।

पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज सकिँदै गर्दा अदालतबाट दोस्रोपटक म्याद लिने तयारी भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *