कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

डिसी नेपाल
१९ चैत २०८२ २१:५७
28
Shares

काठमाडौं। नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।

कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न आज वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

समितिमा संयोजक खनालसहित पूर्वन्यायधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र (आरसी) गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्।

उक्त समितिले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *