गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्।
पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएका हुन्।
अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिएका छन्। विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए।
गृहमन्त्री गुरुङले यात्रुको गुनासो दोहोरिन नदिन सचेत गराएका छन्। उनले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिए।







डिसी नेपाल







Facebook Comment