प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

डिसी नेपाल
२० चैत २०८२ १६:४२
52
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको छलफलमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल भइरहेको बताइएको छ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेश प्रदेशका संघीय सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।

सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमार्फत समग्र विकासलाई अघि बढाउने रणनीति लिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *