उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

डिसी नेपाल
२१ चैत २०८२ ९:१३
1.3k
Shares

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *