राष्ट्रियसभमाः ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’

डिसी नेपाल
२३ चैत २०८२ १३:३९
16
Shares

काठमाडौँ। राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले)० का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेनजी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गरे ।

सो सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उनले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

उनले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताए। उनले नवयुवालाई लोकतान्त्रिक शासनकालमा भएका प्रयासबारे बुझाउँदै कमजोरीलाई सुधार्ने काममा कमजोरी भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *