ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका ६ देशका राजदूत फिर्ता हुँदै
काठमाडौं। सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूतहरुलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर एक महिनाभित्र फिर्ता हुन निर्देशन जारी गरिसकेको छ । फिर्ता गरिएका राजदूतहरूमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
उनीहरुलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ। यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकारले गत असोज ३० गते एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment