गभर्नर बन्न नपाएका भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको हो ।
गत वर्ष तत्कालीन सरकारले उनलाई राष्ट्र बैंकको गभर्नर बनाउने आश्वासन दिएपछि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा अस्वीकृत भयो, सरकारले उनलाई गभर्नर बनाएन ।
गभर्नरको दौडका क्रममा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । उक्त राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगर्दा भट्ट गभर्नर बन्न रोकिएका थिए ।
कांग्रेस र एमालेबीच गभर्नरमा भट्टलाई लैजाने सहमति भएपछि ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी हुन् । गभर्नरको दौडमा रहेकी ढुंगानाले आफ्नो प्रतिस्पर्धा घटाउनकै लागि भट्टको राजीनामा अस्वीकृत गरेकी थिइन् ।
भट्टको राजीनामा अस्वीकृतसँग गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएको थियो । त्यही क्रममा भट्टको विकल्पमा विश्वनाथ पौडेल गभर्नर नियुक्त भएका थिए ।







डिसी नेपाल







Facebook Comment