समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षको राजीनामा स्वीकृत

डिसी नेपाल
२४ चैत २०८२ १४:१२
100
Shares

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित दुई सदस्यको राजीनामा स्वीकृत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको हो।

त्यस्तै बैठकले बृहत्तर लुम्बिनी विकास परियोजनाका लागि लागि विश्व बैंकको ८५ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

बैठकले ललितपुरको पुल्चोकमा रहेको जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *