लागूऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

डिसी नेपाल
२४ चैत २०८२ १८:२५
12
Shares

सुर्खेत। प्रहरीले लागूओैषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरि खानतलासलाई तिब्रता दिएको छ।

कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ।

मंगलबार प्रहरीले लुम्बिनीबाट भित्रिने सवारी साधनहरुमा चेकजाच गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताए।

कर्णालीको प्रवेशद्वार भेरीगंगा नगरपालिकाका ५ स्थित बबई चेकप्वाईन्ट अगाडी इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट ट्राफिकसहित नौ जना प्रहरी र केनाइन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त दुई कुकुरसहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको हो।

सीमा नाकाबाट भित्रिन सक्ने लागू ओैषध तथा अवैध हातहतियार ओसारपसार र विष्फोटक पदार्थ नियन्त्रणको लागी तालिम प्राप्त कुकुरको प्रयोगमार्फत चेकजाँच गरिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *