अमेरिका र इरानबीच ऐतिहासिक युद्धविरामको घोषणा: खाडी क्षेत्रमा तत्कालका लागि युद्धको बादल हट्यो
President Donald Trump signs the funding bill to reopen the government, in the Oval Office of the White House, Wednesday, Nov. 12, 2025, in Washington. (AP Photo/Jacquelyn Martin)
वासिङ्टन/तेहरान विगत केही समयदेखि मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र सम्भावित ठूलो युद्धको आशंकाबीच अमेरिका र इरान दुई हप्ते युद्धविरामका लागि सहमत भएका छन्। मंगलबारर को मध्यरातमा दुवै देशका उच्च अधिकारीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै तत्कालका लागि सबै किसिमका सैन्य कारबाही रोक्ने घोषणा गरेका हुन्।
यो महत्त्वपूर्ण सम्झौताका लागि पाकिस्तान र चीनले मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। पाकिस्तानी प्रधानमन्त्रीको नेतृत्वमा भएको कूटनीतिक पहलले दुवै शक्ति राष्ट्रलाई वार्ताको टेबलमा ल्याउन सफल भएको हो। सम्झौता अनुसार इरानले विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने ‘होर्मुज जलडमरू’ मा लगाएको अवरोध हटाउन र तेल ट्यांकरहरूको आवतजावतमा अवरोध नगर्न सहमति जनाएको छ।
बदलामा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको उर्जा क्षेत्र र सैन्य पूर्वाधारलाई लक्षित गरी तय गरिएका थप आक्रमणहरूलाई १४ दिनका लागि स्थगित गर्ने निर्णय गर्नुभएको छ। ह्वाइट हाउसबाट जारी सन्देशमा राष्ट्रपति ट्रम्पले यसलाई “शान्तिको दिशामा एक महत्त्वपूर्ण कदम” भन्नुभएको छ भने इरानले पनि आफ्नो सार्वभौमसत्ताको सम्मान भएमा वार्तालाई निरन्तरता दिने संकेत दिएको छ।
गत फेब्रुअरीदेखि सुरु भएको यो द्वन्द्वले विश्व अर्थतन्त्र र विशेषगरी तेलको मूल्यमा ठूलो हलचल ल्याएको थियो। दुवै पक्षबीच भएको यो युद्धविरामले अन्तर्राष्ट्रिय समुदायमा ठूलो राहत दिएको छ।
आगामी शुक्रबारदेखि ओमानमा दुवै देशका प्रतिनिधिहरूबीच विस्तृत शान्ति वार्ता सुरु हुने तयारी छ। यस वार्ताको मुख्य एजेण्डा स्थायी युद्धविराम र आणविक कार्यक्रमसँग जोडिएका विवादहरूलाई कूटनीतिक माध्यमबाट हल गर्ने रहेको छ। विज्ञहरूका अनुसार यो दुई हप्ताको समय क्षेत्रमा स्थायी शान्ति स्थापनाका लागि अग्निपरीक्षा साबित हुनेछ।







डिसी नेपाल







Facebook Comment