कानुनमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता

डिसी नेपाल
२५ चैत २०८२ १२:४३
32
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो ।

राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *