सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे

डिसी नेपाल
२५ चैत २०८२ १४:२२
8
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद डुम्रेले सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा रहेको बताएका हुन् ।

उनले भने, ‘म स्याङ्जा जिल्लाको मध्यभागबाट बोल्दै छु। यही भूभाग हो, जहाँ मेरा हजुरबुवाको पुस्ताले आफ्नै श्रम र सामान्य घरेलु औजार प्रयोग गरेर निर्माणमा योगदान दिएको सिद्धार्थ राजमार्ग आजसम्म पनि २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा छ।’

उनले लुम्बिनी र पोखरालाई जोड्नुका साथै पर्यटन तथा आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको जानकारी दिए ।

उनले भने, ‘लुम्बिनी र पोखरालाई जोड्ने, पर्यटन तथा आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। ठाउँ–ठाउँमा खाल्डाखुल्डी, जोखिमपूर्ण मोड र अव्यवस्थाले भरिएको सडकले जनजीवन र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ।’

उनले सरकारको ध्यानाकर्षण गराउँदै सिद्धार्थ राजमार्ग सम्बन्धी कुरा बजेट भाषणमै सीमित नराखी वास्तविक रूपमा स्तरोन्नतिको काम तत्काल सुरु हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *