४५ वर्षको उमेरमा हिरोइनको रूपमा फिल्म डेब्यू

डिसी नेपाल
२९ चैत २०८२ ११:०१
2.2k
Shares

काठमाडौं । बलिउडको प्रतिष्ठित कपुर खानदानकी अर्की सदस्य ऋद्धिमा कपुर सहनीले अन्ततः अभिनयको दुनियाँमा पाइला चाल्ने भएकी छिन्। स्वर्गीय अभिनेता ऋषि कपुरकी छोरी तथा अभिनेता रणवीर कपुरकी दिदी ऋद्धिमाले आगामी चलचित्र ‘दादी की शादी’ बाट आफ्नो बलिउड डेब्यु गर्न लागेकी हुन्।

शनिबार निर्माताहरूले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यो कमेडी ड्रामा आगामी मे ८ तारिखमा हलहरूमा प्रदर्शन हुने घोषणा गरेका छन्। ऋद्धिमाले सामाजिक सञ्जालमा यो खुसी साट्दै आफ्नी आमा नीतु कपुर र चर्चित कमेडियन कपिल शर्मासँग पर्दा सेयर गर्न पाउनुलाई निकै विशेष बताएकी छिन्।

आशीष आर मोहनको निर्देशनमा तयार भएको यस चलचित्रमा ऋद्धिमा र नीतुको साथमा सादिया खतिब, सरथ कुमार र तेजस्विनी कोल्हापुरे जस्ता कलाकारहरूको पनि मुख्य अभिनय रहनेछ।

आफ्नो अभिनय यात्राको बारेमा कुरा गर्दै ऋद्धिमाले यो अवसर निकै अचानक आएको बताएकी छिन्। सुरुमा केही दोधारमा रहे पनि आमा र श्रीमान् भरत सहनीको प्रोत्साहनपछि उनले यो प्रोजेक्टका लागि सहमति जनाएकी थिइन्।

उनले सुटिङको अनुभव सुनाउँदै आफ्नी आमासँगको केमेस्ट्री निकै सहज र स्वाभाविक रहेको र कपिल शर्माको उपस्थितिले सेटको माहोल जस्तोसुकै कठिन समयमा पनि हँसिलो रहने गरेको उल्लेख गरिन्।

नेटफ्लिक्सको रियालिटी सिरिज ‘द फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ बाट चर्चामा आएकी ऋद्धिमालाई अब ठूलो पर्दामा अभिनेत्रीको रूपमा हेर्न कपुर परिवारका फ्यानहरू निकै उत्साहित देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *