वैशाख ४ मा कांग्रेसले संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ।
सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले २ वैशाखमा निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र ४ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो। सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन कांग्रेसको तयारी छ।
दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन्। त्यस्तै मोहन आचार्य, भरत खड्का, निस्कल राईलको नाम पनि चर्चा छ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसदमा प्रतिनिधित्व गरेका ६ दल मध्ये कांग्रेसले मात्रै हालसम्म दलको नेता छान्न सकेको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment